१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रोनाल्डोको दुई गोलमा युभेन्ट्स दोस्रो स्थानमा

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेको दुई गोलमा युभेन्ट्सले इटालीको सिरी ‘ए’ मा कागलिरीलाई २–० हराएको छ । यससँगै टोली अंक–तालिकाको दोस्रो स्थानमा उक्लिएको ।

रोनाल्डोको दुई गोलमा युभेन्ट्स दोस्रो स्थानमा

पोर्चुगाली खेलाडीले टुरिनमा भएको खेलमा ३८औं मिनेटमा पहिलो गोल गरे ।

यससँगै उनले लिगका लगातार पाँच खेलमा गोल गरे । त्यसको चार मिनेटपछि ३५ वर्षीय रोनाल्डोले दोस्रो उत्कृष्ट गोल गरे । यो सिजनको लिगमा उनले आठ गोल गरिसकेका छन् । यो जितपछि युभेन्ट्सले शीर्ष स्थानमा रहेको एसी मिलानसँगको दूरी एक अंकमा छोट्याएको छ ।

प्रकाशित : मंसिर ७, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?