कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज म्याराथन : सशस्त्रका गोपीचन्द्र र पुष्पालाई उपाधि

नेपालगन्ज म्याराथन जित्दै गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छानिए

नेपालगन्ज — छैटौं नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले हात पारेका छन् । निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन्  । उनी १३ औं सागका स्वर्णपदक विजेता समेत हुन् ।

नेपालगन्ज म्याराथन : सशस्त्रका गोपीचन्द्र र पुष्पालाई उपाधि

नेपालगन्ज म्याराथनमा प्रथम भएका पार्की जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागी हुनेछन् ।

नेपालगन्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए ।

पहिलो स्थान हात हात पारेसँगै गोपीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएका नवराज साउदले १०, पाचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले हात पारेकी छन् । पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन्।

१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दूरी पूरा गर्दै १५ हजार रुपैयाँ हात पारिन् ।


लुम्बिनी प्रदेशिक शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् । दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरेकी हुन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकालिन् । लुम्बिनीकै अनिशा चौधरी पााचौ तथा कल्पना चौधरी छैटौं भए । अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि परिन् । चौथोलाई ७, पाचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्षझैं म्याराथनको छैटौं संस्करण शनिबार नेपालगन्जमा आयोजना भइरहेको हो । यो प्रतियोगिताले खेलाडी मात्र होइनन् विभिन्न सरोकारवाला पनि हौसिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकबाट सुरु भएर कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुन: बीपी चोकमा सकिने म्याराथनमा राष्ट्रियस्तरका खेलाडीले सहभगी छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ ,दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा ,चौथो संस्करणमा नेपाल पुलीस क्लबका भूमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला म्यारमथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसेकेकी छन् । गत पाँचाैं संकरणमा सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित हात पारेकी थिइन् ।

प्रकाशित : मंसिर ६, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?