कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बेल्जियम र इटाली अन्तिम चारमा

एजेन्सी

लन्डन — रोमेलु लुकाकुले आफूलाई टिमको प्रमुख स्ट्राइकर साबित गर्दै दुई गोल गरेपछि बेल्जियमले बुधबार डेनमार्कलाई ४–२ ले हराएको छ ।

बेल्जियम र इटाली अन्तिम चारमा

यो जितसँगै बेल्जियमले नेसन्स लिगको अन्तिम चारको चरणमा स्थान बनायो । लुकाकुले दोस्रो हाफमा दुई गोल गरे । योउरी टिलेमन्स र केभिन डे ब्रुएनाले पनि एक–एक गोल थपे ।

बेल्जियम लिग–वान ग्रुप–टुको शीर्ष स्थानमा रह्यो । टोलीले अब अक्टोबरमा हुने प्रतियोगिताको बाँकी खेलमा विश्व च्याम्पियन फ्रान्स र दुई पूर्व विश्व च्याम्पियन इटाली र स्पेनको सामना गर्नेछ । इटलीले अर्को चरण प्रवेशका लागि बोस्नियालाई २–० ले हराउँदै आफ्नो प्रभावशाली प्रदर्शन कायम राख्यो ।

यससँगै इटालीको अपराजित यात्रा २२ खेलसम्म पुगेको छ । उसका लागि आन्द्रे बेलोटीले पहिलो गोल गरेयता डोमेनिको बरार्डीले अर्को गोल थपे । यस नतिजासँगै इटाली लिग–वान ग्रुप–बीको शीर्ष स्थानमा रह्यो । प्रशिक्षक रोबर्टो मानचिनी र अन्य तीन प्रमुख खेलाडी कोभिड–१९ संक्रमणका कारण खेलमा उपस्थित रहेनन् ।

इटालीको यो जितका कारण नेदरल्यान्ड्स अन्तिम चारमा पुग्न असफल रह्यो । उसले पोल्यान्डलाई २–१ ले हराए पनि त्यसको खासै अर्थ रहेन । बुधबारका अन्य खेलमा कोसोभोले मोल्डोभालाई १–०, इंग्ल्यान्डले आइसल्यान्डलाई ४–०, चेक गणतन्त्रले स्लोभाकियालाई २–०, हंगेरीले टर्कीलाई २–० र सर्बियाले रुसलाई ५–० ले हराए ।

प्रकाशित : मंसिर ४, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?