कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विश्वकप छनोट : उरुग्वेलाई हराउँदै ब्राजिल शीर्ष स्थानमा

एजेन्सी

मोन्टेभिडियो — आर्थर र रिचार्लिसनले पहिलो हाफमा गरेको गोलमा ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत मंगलबार उरुग्वेलाई २–० ले हराएको छ । यो नतिजासँगै टोली शीर्ष स्थानमा कायम रह्यो । कोभिड–१९ संक्रमण र चोटका कारण केही प्रमुख खेलाडी उपस्थित नरहेपछि उरुग्वेमाथि ब्राजिल बलियो साबित भयो ।

विश्वकप छनोट : उरुग्वेलाई हराउँदै ब्राजिल शीर्ष स्थानमा

ब्राजिलको चार खेलबाट १२ अंक भएको छ । अर्को अपराजित टिम अर्जेन्टिना भने १० अंकसाथ दोस्रो स्थानमा छ । उसले पेरुलाई २–० ले हरायो । त्यसमा निकोलस गोन्जालेज र लउटारो मार्टिनेजले गोल गरे । इक्वेडर ९ अंकसहित तेस्रो स्थानमा छ । उसले यसका लागि कोलम्बियामाथि ६–१ को प्रभावशाली जित निकाल्यो ।

मंगलबारका अन्य खेलमा भेनेजुएलाले चिलीलाई २–१ ले हरायो भने पाराग्वे र बोलिभियाबीचको खेल २–२ को बराबरीमा रह्यो । कुल १० टिम सम्मिलित दक्षिण अमेरिकी विश्वकप छनोटबाट शीर्ष चार टिमले अन्तिम चरणमा स्वत: प्रवेश पाउनेछन् भने पाँचौं टिमले अन्तर महादेशीय ‘प्लेअफ’ खेल्नेछ ।

प्रकाशित : मंसिर ३, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?