कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपाल-ब‌ंगलादेश दोस्रो मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

शृङ्खलाको उपाधि बंगलादेशलाई
इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको छ । पहिलो मैत्रीपूर्ण खेलमा ब‌ंगलादेशसँग २-० ले हारेको नेपालले म‌ंगलबार ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा भने गोलरहित बराबरी खेलेको हो ।

नेपाल-ब‌ंगलादेश दोस्रो मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

खेलको अन्त्यतिर नेपालले गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग भने गर्न सकेन । खेलको इन्ज्युरी समयमा रन्जित धिमालको फ्रिकिकलाई नवयुग श्रेष्ठले डिबक्सबाट प्रहार गरे पनि बल पोलमा लागेर फर्किएको थियो । योसँगै मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाको उपाधि भने बंगलादेशले १-० ले जितेको छ ।

आजको खेलमा नेपालको राष्ट्रिय टिमबाट पुजन उपरकोटी, छिरिङ गुरुङ र शेशेहाङ आङदेबेले डेब्यु गरे । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए ।

कतार विश्वकप छनोटको तयारीस्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । कतार विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी रहेको छ ।

प्रकाशित : मंसिर २, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?