कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रतिभा सम्मानमा सात खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयले यस वर्ष प्रदान गर्ने राष्ट्रिय प्रतिभा सम्मानबाट सात खेलाडीलाई सम्मान गर्ने भएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुदमा समान दुई स्वर्ण पदक जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास तामाङसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, शारीरिक सुगठनका समित श्रेष्ठलाई राष्ट्रिय सम्मान प्रदान गर्ने जनाएको छ । लक्ष्मी, सन्तोषी र विकास पनि सागका स्वर्णधारी हुन् ।

त्यस्तै प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ, तेक्वान्दोका नवीनकुमार श्रेष्ठ, निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकतर्फ डा. ज्ञानेन्द्रविक्रम शाहलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रिय संघतर्फ गल्फले उक्त सम्मान पाउनेछ भने प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई सम्मानित गरिने भएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी राष्ट्र्रिय प्रतिभा सम्मानका लागि आवेदन माग गरेको थियो । प्राप्त आवेदनमध्ये २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक र रेफ्री, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका चार गरी ५२ आवेदन प्राप्त भएको र प्राप्त आवेदनलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधिअन्तर्गत रहेको ९ सदस्यीय छनोट समितिले गरेको मूल्यांकनका आधारमा प्रतिभा छानिएको खेलकुद मन्त्रालयले जनाएको छ । उनीहरूलाई नगदसहित सम्मान गरिने जनाइएको छ ।

प्रकाशित : कार्तिक २९, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?