कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बंगलादेशसँग नेपाल २-० ले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ । ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले प्रत्येक हाफमा एक/एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो र त्यसमा मोहम्मद नबिब नेवाजले नजिकको दूरीबाट गोल गरे ।

बंगलादेशसँग नेपाल २-० ले पराजित

बंगलादेशका तर्फबाट ८० औं मिनेटमा महबुर रहमानले काउन्टर आक्रमणमा बल अगाडि बढाउँदै दोस्रो गोल गरे । नेपालले पूरा खेल अवधिमा सटिक देखिन सक्ने कुनै पनि आक्रमण गर्न सकेन र हार बेहोर्न बाध्य रह्यो । यससँगै दुई खेलका शृंखलामा बंगलादेशल १–० ले अगाडि रह्यो । अब दोस्रो खेल मंसिर २ मंगलबार हुनेछ ।

यस खेलसँगै नेपाली खेलकुदमा औपचारिक रूपमा खेल गतिविधि फेरि सुरु भएको छ । चैतमा कोरोना भाइरस संक्रमणको महामारी पनि सम्पूर्ण खेल गतिविधि पनि रोकिएको थियो र यससँगै पूरा खेल क्षेत्र ठप्प भएको थियो । बंगलोदशका लागि यस खेलसँगै त्यहाँको खेल क्षेत्र पनि ओपचारिक रूपमा मैदानमा फर्केको छ ।

बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले त्यसलाई स्वीकारेको हो । दुई साताभन्दा कम समयको तयारीपछि नेपाल मैदानमा ओर्लेको हो । बंगलादेशले नेपाललाई हराएका भने पाँच वर्षयता पहिलो हो । यसअघि सन् २०१५ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि बंगलादेशले नेपाललाई ढाकामै हराएको थियो ।

प्रकाशित : कार्तिक २८, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?