२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रोनाल्डो कीर्तिमान नजिक

एजेन्सी

लिस्बन — पोर्चुगलले बुधबार राति मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा एन्डोरामाथि ७–० को विजय हात पार्दा एक गोल गरेपछि क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीबाट सदाबहार सर्वाधिक गोल गर्ने कीर्तिमान नजिक पुगेका छन् ।

रोनाल्डो कीर्तिमान नजिक

रोनाल्डोले पोर्चुगलबाट १ सय २ गोल गरिसकेका छन् र उनी इरानका अली देइभन्दा राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने सूचीमा ७ ले मात्र पछाडि छन् । पुरुषतर्फ राष्ट्रिय टोलीबाट १ सय गोलको आँकडा छुने यी दुई खेलाडीमात्र हुन् । अक्टोबरमा स्विडेनविरुद्ध नेसन्स लिगमा पोर्चुगलबाट दुई गोल गरेपछि रोनाल्डो १ सय गोलको सूचीमा र्छिन सफल भएका थिए ।

घुँडामा सामान्य चोट र हालै कोभिड–१९ को संक्रमणमा रहेका कारण रोनाल्डो लिस्बनस्थित स्टेडियम अफ लाइटमा मध्यान्तरपछि मात्र मैदानमा छिरेका थिए । केही राम्रो अवसर गुमाएका रोनाल्डोले नजिकको दूरीबाट हेड गोल गरी पोर्चुगलको अग्रतालाई ६–० बनाएका थिए ।

उनी वोल्भसको २० वर्षे पेड्रो नेटोको स्थानमा मैदानमा आएका थिए । पोर्चुगलका लागि ‘डेब्यु’ गरिरहेका नेटोले आठौं मिनेटमा टोलीको पहिलो गोल गरे । डेब्यु गरिरहेका अर्का खेलाडी पाउलिन्होले २९ औं मिनेटमा दोस्रो र रेनाटो सान्चेजले ५६ औं मिनेटमा तेस्रो गोल गरे । पाउलिन्होले ६१ औं मिनेटमा अर्को गोल गरे । एन्डोराका इमिली गार्सियाले ७६ औं मिनेटमा आत्मघाती गोल गरे भने जाओ फेलिक्सले अन्तिम मिनेटमा पोर्चुगलका सातौं गोल थपे ।

फिफा विश्व वरीयतामा यी दुई टोलीबीच १ सय २७ स्थानको भिन्नता रहेकाले पोर्चुगललाई खेल जित्न खासै गाह्रो परेन । पोर्चुगल सातौं र एन्डोरा फिफा वरीयतामा १ सय ३४ औं स्थानमा छन् ।

पोर्चुगलले शनिबार फ्रान्स र मंगलबार क्रोएसियासँग नेसन्स लिगमा खेल्दै छ ।

प्रकाशित : कार्तिक २८, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?