कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलैयाले जित्यो उपाधि

लक्ष्मी साह

बारा — कलैयामा आयोजित त्रिदिवसीय जेसिस कप क्रिकेट प्रतियोगिताको उपाधि कलैया क्रिकेट क्लबले हात पारेको छ । मंगलबार भएको अन्तिम खेलमा कलैयाले वीरगन्ज–११ लाई हराउँदै उपाधि उचालेको छ ।

दुवै प्रतिस्पर्धी टिमबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । सोमबार भएको लिग चरणको अन्तिम खेलबाट तिनीहरु उपाधिका लागि प्रतिस्पर्धामा उत्रेका थिए । कलैया सिटी जेसिजको आयोजनामा कलैयाकै सिद्धेश्वर क्रिकेट खेल मैदानमा जेसिस क्रिकेट कपमा उसले उपाधि हात पार्न सफल भए ।

वीरगन्जले टस जितेर ब्याटिङ रोजेको थियो । उसले निर्धारित ४० ओभरमा ८ विकेट गुमाइ १ सय ७२ रन बनाएको थियो । वीरगन्जका आशिफ शेखले ५२ रन, सब्दुल्लाह न्ंसारीले ४१ रन, रासिद खानले २१ रन बनाएका थिए ।

कलैयाका बलर भुलावन सहनीले ३, कुमार थापा २, अनिल साह र पवन सर्राफ समान १/१ विकेट लिएका थिए । जवाफमा कलैया क्रिकेट क्लबले ३७ ओभरमा ६ विकेट गुमाइ विजयी लक्ष्य पूरा गरेका थिए । कलैयाका अनिल साह ३५ रन, रवि साह ३०, पवन सर्राफ २७ बनाएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच कलैयाका अनिल साह भएको आयोजक टिमका संयोजक सुभाष जयसवालले बताए ।

प्रतिगोगिताभरिकै उत्कृष्ट ब्याट्सम्यान वीरगन्जका आशिफ शेख, उत्कृष्ट बलर कलैयाका भुलावन सहनी र म्यान अफ द सिरिज अन्तर्राष्ट्रिय खेलाडी शारिफ शेख भएका थिए ।

प्रतियोगिताको विजेतालाई प्रमुख अतिथि प्रदेश २ का सांसद पारसप्रसाद साह र जेसिसका २०२० का अध्यक्ष विपिन चौधरी र जेसिसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष शोभा खरेलले संयुक्तरुपमा ट्रफी प्रदान गरेका थिए ।

प्रकाशित : कार्तिक २५, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?