कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

त्रिदिवसीय क्रिकेट प्रतियोगितामा वीरगन्ज विजयी

लक्ष्मी साह

बारा — कलैयाको सिद्धेश्वर क्रिकेट खेल मैदानमा शनिबार भएको त्रिदिवसीय क्रिकेट प्रतियोगितामा वीरगन्ज ११ विजयी भएको छ । कलैया सिटी जेसिसको आयोजनामा भएको खेलमा वीरगन्ज ११, २६ रनले जित हात पारेको आयोजक खेलका संंयोजक सुभाष जयसवालले बताए ।

त्रिदिवसीय क्रिकेट प्रतियोगितामा वीरगन्ज विजयी

वीरगन्जले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाइ १ सय ३५ रन बनाएको थियो । जसमा वीरगन्जका सोनु अन्सारीले ४०, आशिफ शेख ३३ र राष्ट्रिय खेलाडी आरिफ शेखले २७ रन बनाएका थिए ।

हेटौंडाका बलर निखिल श्रेष्ठ ३ विकेट र रामनरेश गिरीले १ विकेट लिएका थिए । प्रतिउत्तरमा हेटौंडाले सम्पूर्ण विकेट गुमाइ २९ दशमलव ३ ओभरमा ९९ रन बनाएको थियो ।

वीरगन्जका अन्तर्राष्ट्रिय बलर रासिद खानले ५ विकेट र आरिफ शेख ४ विकेट दिएका थिए । सोही अनुरुप वीरगन्ज २६ रनले विजयी भएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच वीरगन्जका आशिफ शेख भए । उनलाई कलैया सिटी जेसिसका पूर्वअध्यक्ष धनीलाल सर्राफले कप प्रदान गरेका थिए । आइतबारको खेल कलैया क्रिकेट क्लब र वीरगन्ज ११ बीच हुने प्रतियोगिता संयोजक जयसवालले बताए ।

प्रकाशित : कार्तिक २२, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?