२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘माफी गर्न नसकिने गोल’

द गार्डियन

लन्डन — युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर युनाइटेड टर्कीको च्याम्पियन क्लब इस्तानबुल बसाकसेहिरसँग पराजित हुन पुग्यो । उक्त खेलको पहिलो गोललाई यसरी व्याख्या गरिएको छ कि मानौं, यस्तो अवसर यसअघि कहिल्यै देखिएको थिएन ।

‘माफी गर्न नसकिने गोल’

यसको कारण पनि खराब नै रहेको छ । डेम्बा बा इंग्लिस प्रिमियर लिगका ३५ वर्षीय पूर्व खेलाडी हुन् । उनलाई पनि विश्वास थिएन होला, आफ्नो भाग्यमा । भएको के भन्दा उनलाई विना कुनै रोकावट इस्तानबुल बसाकसेहिरका लागि गोल गर्ने अवसर दिइयो, म्यानचेस्टर युनाइटेडविरुद्ध । संयोगले यो उनको खेलजीवनका पहिलो युरोपेली च्याम्पियन्स लिग गोल पनि रह्यो ।

टर्कीको च्याम्पियन क्लबका लागि एडिन भिस्काले दोस्रो गोल गरे । म्यानचेस्टरको तर्फबाट एन्थोनी मार्टियलले एक गोल त फर्काए, तर त्यसको धेरै ठूलो अर्थ रहेन । यो २–१ हारमा जहाँ म्यानचेस्टरलाई पछुतो हुनेछ, त्यहीं बसाकसेहिर प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्न सफल रह्यो । तर सबैले चर्चा गरिरहेको भनेको डेम्बाको पहिलो गोल हो । यो नतिजा कस्तो रह्योभन्दा यसले म्यानचेस्टर व्यवस्थापक ओले गनर सोल्सायरमाथि चर्को दबाब सिर्जना भएको छ ।

सोल्सायर आफैं भन्छन्, यो गोलका लागि म्यानचेस्टरलाई माफी दिन सकिन्न । ‘हामीले छोटो कर्नर खेल्ने प्रयास गर्‍यौं, तर विपक्षी टिमका खेलाडी अगाडि छ भनेर बिर्सियौं,’ उनले भने । यो गोल वास्तवमै कस्तो रह्यो, यसको चर्चा आवश्यक नै छ । म्यानचेस्टरले कर्नर पाएको थियो । यसमा छोटो प्रहार गरियो । यसले गर्दा बललाई बसाकसेहिरको बक्ससम्म पुग्न समय लाग्यो । यसबीच म्यानचेस्टरले बलमाथि नियन्त्रण गुमायो र यसमा भिस्काले लामो पास निकाले । त्यो पनि आफ्नै पेनाल्टी एरियाबाट ।

यतिबेला म्याचनेस्टरका सबै डिफेन्डर आफ्नो भूमिका बिर्सेर बसाकसेहिरको आधा भागमै थिए । म्यानचेस्टरको आधा भागमा भने गोलरक्षक डिन हेन्डरसनमात्रै थिए । यसमै डेम्बाले गोल गरे । पछि म्यानचेस्टरका पूर्व खेलाडी डिन डब्लिनले भने, ‘म्यानचेस्टरका लागि यो जत्तिको लज्जा लाग्ने गोल अरू हुनसक्ने छैन । यो गोलले देखाउँछ, टिम कति फितलो छ, टिमको सही नेतृत्व गर्नेको कति कमी छ ।’


अर्का पूर्व खेलाडी पाउल स्कोल्सले अझ कडा शब्दमा त्यस गोलको आलोचना गरेका छन् । उनले भने, ‘यो त यू–१० को फुटबलमा भएको जस्तो गोल रह्यो । म्यानचेस्टर वास्वतमै कति धेरै कमजोर भइसकेको छ । हामीलाई नै यो गोलमा लज्जाबोध भइरहेको छ । यो गोल हुँदा म्यानचेस्टरका डिफेन्डरहरू के गर्दै थिए, हाँसो लाग्छ । यो खेलाडीकै कमजोरीमा भएको गोल हो, अन्यथा होइन ।’ क्लबका अर्का पूर्व खेलाडी रियो फर्डिनान्डले पनि भनेका छन्, ‘यस्तो गोल विरलै मात्र देख्न पाइन्छ । म्यानचेस्टर अब टिम नै नरहेको स्थिति भयो ।’

पूर्व स्ट्राइकर रोबिन भान पर्सीले पनि आफूले यस्तो गोल अहिलेसम्म नेदेखेको र यो सबै म्यानचेस्टरको कमजोर रक्षापंक्तिकै कारण सम्भव भएको माने । खेलपछि सोल्सायरले स्पष्टीकरण दिँदै भने, ‘यति माथिल्लो स्तरको फुटबलमा यति कमजोर गोलको अवसर दिने घटना हुँदै हुन्न । कुनै पनि टिमले यति सजिलै गोलको अवसर दिनुहुन्न । टिमले यस्तो गोलको अवसर दिइरहन्छ भने कुनै पनि स्थितिमा जित निकाल्न सकिन्न । म यो गोलका लागि जिम्मेवारी लिन चाहन्छु, हाम्रा कोही पनि खेलाडीले आफ्नो जिम्मेवारी पूरा नगरेको स्थिति रह्यो ।’

प्रकाशित : कार्तिक २१, २०७७ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?