कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

युरोपा लिग : एनट्रपले टोटनहमलाई १-० ले हरायो

रोयटर्स

लन्डन — बेल्जियमको लिगको शीर्ष स्थानमा रहेको एन्ट्रपले बिहीबार युरोपा लिगमा टोटनहमलाई १–० ले हराएर स्तब्धपूर्ण नतिजा निकालेको छ । अर्को इंग्लिस क्लब आर्सनलले भने डुनडल्कलाई सजिलै ३–० ले हरायो ।

युरोपा लिग : एनट्रपले टोटनहमलाई १-० ले हरायो

यस्तै एसी मिलानले स्पार्टक प्रागलाई ३–० ले नै हराएर आफ्नो अपराजित यात्रालाई २३ खेल पुर्‍याएको छ । भेट्रान स्ट्राइकर लियोर रेपलोभले एनट्रपको जितमा निर्णायक गोल गरे ।

यो जितसँगै समूह ‘जे’ मा एनट्रप दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा रह्यो । मिलानको जितमा ज्लाटन इब्राहिमोभिचले पेनाल्टीबाट गोल गर्न पनि चुके, तर त्यसको नकारात्मक प्रभाव रहेन् ।

मिलान समूह ‘एच’ को शीर्ष स्थानमा रह्यो । यसै समूहमा स्कटल्यान्डको सेल्टिकले दुई गोलको अग्रता गुमाएर लिलेसँग २–२ को बराबरी खेल्यो । समूह ‘बी’ मा आर्सनलले गोलअन्तरले शीर्ष स्थानमा छ । यो समूहको अर्को खेलमा मोल्डेले र्‍यापिड भिएनालाई १–० ले हरायो ।

प्रकाशित : कार्तिक १४, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?