बार्सिलोना अध्यक्षले दिए राजीनामा- खेलकुद - कान्तिपुर समाचार

बार्सिलोना अध्यक्षले दिए राजीनामा

रोयटर्स

बार्सिलोना — बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर गरेर राजीनामा मागेपछि उनले आफ्नो पद छाडेका हुन् ।

राजीनामा नदिएको भए अर्को महिना उनले अविश्वासको प्रस्ताव सामना गर्ने थिए । उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् ।

लियोनल मेसीको अर्को क्लब जाने माग र बायर्न म्युनिकसँगको ८–२ हारपछि उनी चर्को दबाबमा थिए । मैदानमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको आर्थिक अवस्था पनि पछिल्लो समय कमजोर रहेको छ । सन् २०१४ मा उनी अध्यक्ष बनेका थिए ।

प्रकाशित : कार्तिक १२, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

आईपीएल : हैदरावादले कायम राख्यो आफ्नो सम्भावना

कान्तिपुर संवाददाता

दुबई — इन्डियन प्रिमियर लिगमा सनराइज हैदरावादले मंगलबार दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएर आफ्नो सम्भावना कायम राखेको छ ।

हैदरावादको १० अंक भएको छ र उसको ‘प्ले अफ’ मा छनोट हुने सम्भावना कायम रह्यो ।

दिल्लीको सामना गर्दा हैदरावादसामु जित बाहेक अर्को विकल्प थिएन र टिमले त्यसै अनुसार खेलेको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

कप्तान डेविड वार्नर र रिद्दीमान शाहले दिल्लीलाई आक्रमक र मबजुत सुरुआत दिलाए । वार्नरले ६६ रन बनाए भने शाहले सर्वाधिक ८७ रनको योगदान दिए ।

जवाफमा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि कसैले पनि ब्याटबाट गतिलो योगदान दिन सकेनन् । दिल्ली १४ रनसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : कार्तिक १२, २०७७ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×