बर्नलीमाथि टोटनहमको भाग्यमानी जित- खेलकुद - कान्तिपुर समाचार

बर्नलीमाथि टोटनहमको भाग्यमानी जित

रोयटर्स

लन्डन — सन ह्वेङ–मिनको निर्णायक गोलको मद्दतले टोटनहमले सोमबार इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि १–० को भाग्यमानी जित रचेको छ ।

बर्नलीले गरेको एक गोलले भने मान्यता पाएका थिएन् । ह्वेङ–मिनको गोलका लागि ह्यारी केनले पास उपलब्ध गराए ।

प्रिमियर लिगमा दुई खेलाडीबीचको साझेदारीमा गोल भएको यो २९ औं पल्ट हो । ह्वेङ–मिन आफै आठौं गोल सहित यो सिजन लिगमा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा पुगेका छन् ।

यो जितपछि टोटनहमको ६ खेलबाट ११ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । यसअघि वेस्ट ब्रुम र ब्राइटनबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो ।

प्रकाशित : कार्तिक ११, २०७७ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

मिलान र रोमाबीच ६ गोलको बराबरी

रोयटर्स

मिलान — ज्लाटन इब्राहिमोभिचले गरेको दुई गोलका बाबजुत एसी मिलानले इटालीको सिरी ए मा सोमबार ६ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

सिजनको पहिलो लिग बराबरी खेल्ने क्रममा मिलानले ३–३ को नतिजामा चित्त बुझाए ।

मिलानले ३९ वर्षीय इब्राहिमोभिचको गोलले सुरुआती अग्रता लिएयता एडिन जेकोले बराबरी गोल फर्काए । लगतै एलेक्सिस सेलेमेकर्सले मिलानलाई दोस्रो पल्ट अग्रता दिलाए । रोमाका लागि जोर्डन भेरेटटले पेनाल्टीबाट फेरि बराबरी गोल गरे ।

इब्राहिमोभिचले खेललाई ३–२ को स्थितिमा पुर्‍याएपछि खेलको अन्त्यतिर मार्स कुम्बुलाले रोमाका लागि तेस्रो गोल गरे । अहिलेसम्म अपराजित मिलानको पाँच खेलबाट १३ अंक भएको छ र शीर्ष स्थानमा छ ।

प्रकाशित : कार्तिक ११, २०७७ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×