१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

आईपीएल : कोलकातालाई पराजित गर्दै पञ्जाव चौथो स्थानमा

एजेन्सी

दुबई — इन्डियन प्रिमियर लिगमा (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले आफ्नो उत्कृष्ट पुर्नआगमन कायम राख्दै सोमबारको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हरायो । यो जितपछि पञ्जाव १२ अंकका साथ लिगको चौथो स्थानमा उक्लियो भने कोलकाता पाँचौं स्थानमा झरेको छ ।

आईपीएल : कोलकातालाई पराजित गर्दै पञ्जाव चौथो स्थानमा

प्रतियोगितामा कमजोर सुरुआत लिएको पञ्जावले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । सोमबारको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

जवाफमा पञ्जावले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान मन्दीप सिंहले ६६ रन बनाए र नटआउट रहे । उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

पञ्जावका लागि क्रिस गेलले ५१ रन बनाए । उनले २९ बलमा अर्धशतक बनाएका हुन् ।

कोलकाताका लागि भने शुभमन गिलले सर्वाधिक ५७ रन बनाए । कोलकाताका इयोन गीलले ४० रन बनाउनुका अलवा अन्य ब्याट्सम्यान चलेनन् ।

बलिङतर्फ पञ्जावका मोहम्मद सामीले चार ओभरमा ३५ रन खर्चिएर ३ विकेट लिए । क्रिश जोर्डन र रवी बिस्नोइले समान दुई-दुई विकेट लिएका थिए ।

प्रकाशित : कार्तिक ११, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?