सोसिडाड ला लिगाको शीर्षमा

एएफपी

म्याड्रिड,मिलान — डेविड सिल्भाले दुई गोलको अवसर सिर्जना गरेपछि स्पेनी ला लिगामा रियल सोसिडाडले हेस्कालाई ४–१ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । सोसिडाडको सात खेलबाट १४ अंक भएको छ ।

सोसिडाड ला लिगाको शीर्षमा

यो एक खेल कम खेलेको जिनेदिन जिदानको रियल म्याड्रिडको भन्दा एक अंक बढी हो । स्पेनी फुटबल इतिहासमा दुई पल्ट लिग जितेको सासिडाडले यसपल्ट लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यसैगरि डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले सिरी ए को नयाँ सिजनमा गरिरहेको संघर्ष आइतबार पनि कायम रह्यो । हेलास भेरोनाले उसलाई १–१ को बराबरीमा रोक्यो ।

आन्द्रे पिर्लोको टिम लिगका पाँच खेलमा अपराजित रहेको छ, तर त्यसमध्ये दुई खेलमा मात्र विजयी रहेको छ । युभेन्ट्स नौ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित : कार्तिक १०, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?