कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजस्थानका लागि स्टोक्सको शतक, मुम्बई पराजित

एजेन्सी

अबुधाबी — राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा आइतबार राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्समाथि आठ विकेटको जित निकालेको छ । यो नतिजासँगै ‘प्लेअफ’ छनोटको समीकरण अझ रोमाञ्चक बनेको छ ।

राजस्थानका लागि स्टोक्सको शतक, मुम्बई पराजित

मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट क्षतिमा १ सय ९५ रन जोडेको थियो । जवाफमा राजस्थानले आठ बल बाँकी छँदा दुई विकेटमा १ सय ९६ रन बनाएको हो । विजयी टिमका लागि इंग्लिस अलराउन्डर बेन स्टोक्सले ६० बलमा १ सय ७ रनको सानदार प्रदर्शन गरे । १४ चौका र तीन छक्का प्रहार गरेका उनी नटआउट रहे ।

पराजित मुम्बई अझै पनि १४ अंकसाथ शीर्ष स्थानमा छ । जितपछि राजस्थान १० अंकसहित छैटौं स्थानमा आफ्नो ‘प्लेअफ’ दाबेदारी बलियो गर्न सफल भएको छ । यसअघि चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई आठ विकेटले नै हराएको थियो । चेन्नईले १ सय ४६ रनको लक्ष्य १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

प्रकाशित : कार्तिक १०, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?