कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पन्जाबसामु हैदराबाद धराशायी

एजेन्सी

दुबई — इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पन्जाबले शनिबार सनराइजर्स हैदराबादलाई १२ रनले हराएको छ । ‘लो स्कोरिङ’ खेलमा हैदराबाद नाटकीय पतनको सिकार भएको थियो ।

पन्जाबसामु हैदराबाद धराशायी

यो जितपछि १० अंकसहित पाँचौं स्थानमा रहेको पन्जाबले प्लेअफका लागि मिहिनेत गर्न सक्नेछ । हैदराबाद भने आठ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो ।

जितका लागि १ सय २७ रन पछ्याएको हैदराबाद एक समय चार विकेट गुमाएर सय रनको स्थितिमा थियो । त्यसयता १४ रनमा बाँकी ६ विकेट गुमाई १९.५ ओभरमा १ सय १४ रन बनाएर अलआउट भयो ।

हैदराबादका लागि कप्तान डेविड वार्नर र जोनी बियरस्टोले ५६ रनको साझेदारी गरेका थिए । पछि पन्जाबका लागि अश्रदीप सिंह र क्रिस जोर्डनले तीन–तीन विकेट लिए । यसअघि पन्जाबले २० ओभरमा सात विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?