कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टोटनहमको विजयी सुरुआत

रोयटर्स

लन्डन — गेराथ बेलले बिहीबार सात वर्षयता पहिलोपल्ट टोटनहमका लागि सुरुदेखि नै खेले । त्यस क्रममा इंग्लिस प्रिमियर लिग क्लबले युरोपा लिगको आफ्नो पहिलो खेलमा अस्ट्रियाको लास्कलाई ३–० ले हरायो ।

टोटनहमको विजयी सुरुआत

लुकास मउराको गोलले अग्रता लिएको टोटनहमका लागि दोस्रो गोल आत्मघाती रह्यो । सब्टिच्युट सन ह्वेङ–मिनले तेस्रो गोल थपे ।

अर्को प्रिमियर लिग क्लब आर्सनलले भने र्‍यापिड भिएनालाई २–१ ले हारायो । आर्सनलका लागि एक गोलले पछाडि रहेको स्थितिमा डेविड लोयस र पिएरे इमेरिक अबमेयाङले गोल गरे । लेस्टर सिटीले भने घरमा जोरयामाथि ३–१ को जित दर्ता गर्‍यो । अर्को खेलमा एसी मिलानले सेल्टिकलाई उसकै घरमा ३–१ ले हरायो ।

त्यसमा राडे क्रुनिच, ब्राहिम डियाज र जेन्स पिटरले गोल गरे । यस्तै लिलेले स्पार्टक प्रागलाई ४–१, भिल्लारियलले सिभासपोरलाई ५–३, एएस रोमाले योङ ब्वाइजलाई २–१, बायार लेवरकुसनले निसलाई ६–२ र रियल सोसिडाडले रिजेकलाई १–० ले हराए । नेपोली भने एजे आल्मारसँग १–० ले पराजित रह्यो ।

प्रकाशित : कार्तिक ७, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?