कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ओजिल बाहिर, चेकभित्र

एजेन्सी

लन्डन — आर्सनलको नजरमा पर्न छाडेका मेसुट ओजिललाई सन् २०२०–२१ को सिजनको इंग्लिस प्रिमियर लिग सिजनका घोषित २५ सदस्यीय टिमबाट हटाइएको छ । मंगलबार जारी खेलाडी सूचीमा नाम रहेपछि उनले उत्तरी लन्डन क्लबका लागि आफ्नो अन्तिम खेल खेल्न सक्ने सम्भावना बढेको छ ।

ओजिल बाहिर, चेकभित्र

सन् २०२१ को जुनसम्म आर्सनलसँग अनुबन्धमा रहेका ३२ वर्षीय ओजिलले प्रतिसाता चार लाख ५२ हजार ८ सय ३० पारिश्रमिक लिन्छन् । क्लबको व्यवस्थापकमा मिखेल आर्टेटा आएपछि उनले आर्सनलका लागि खेलेका छैनन् । जर्मन प्लेमेकरले आर्सनलका लागि अन्तिम पटक मार्चमा खेलेका थिए ।

उनले पछिल्लो सिजनको युरोपा लिगको अन्तिम चरण खेलेको आर्सनलबाट पनि प्रतिस्पर्धा गरेनन् । यसको ठीक विपरीत संन्यास लिइसकेका चेक पूर्व गोलरक्षक पिटर चेकलाई भने चेल्सीले जारी गरेको खेलाडी सूचीमा राखिएको छ । उनले चेल्सीका लागि सन् २००४ देखि २०१५ सम्म खेलेका थिए । अहिले उनी स्टानफोर्ड ब्रिजमा प्राविधिक निर्देशक रहेका छन् ।

चेकले सन् २०१९ को मे महिनामा आर्सनलका लागि अन्तिम पटक खेलेर संन्यास लिएका थिए । त्यो संयोगले युरोपा लिगको फाइनलमा चेल्सीविरुद्धको हार नै रहेको थियो । चेल्सीका अनुसार कोभिड–१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण चेकलाई टिममा समावेश गरिएको हो । टिममा उनलाई अनुबन्ध नभएका खेलाडीका रूपमा लिइनेछ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?