नेपाली खेलाडीको कीर्तिमान

कान्तिपुर संवाददाता

धनगढी — कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी ४ हजार ७ सय २५ किक प्रहार गरेका छन् ।

नेपाली खेलाडीको कीर्तिमान

धनगढीमा मंगलबार विनोदले एक कार्यक्रममा जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोले सन् २०१९ मा अमेरिकामा एक घण्टामा ३ हजार ६ सय ३२ पटक किक प्रहार गरेर बनाएको विश्व कीर्तिमानलाई उछिनेका हुन् । मंगलबार विनोदले प्रहार गरेको ४ हजार ७२५ किकले नयाॅ कीर्तिमान बन्ने दाबी गरिएको हो । यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

दिउँसो १२ बजे सुरु भई १ बजेसम्म एक घण्टामा उनले कीर्तिमान कायम गरेका हुन् । उक्त कीर्तिमानको भिडियो छायांकन रकस्टार मिडिया प्रालिले गरेको थियो । आयोजक सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीले विनोदको उक्त विश्व कीर्तिमानका लागि सबै डकुमेन्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डको कार्यालयमा पठाइने बताए । धनगढीस्थित टाउन फिटनेस सेन्टर रातोपुलको हलमा सम्पन्न विश्व कीर्तिमान कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीले गरेका थिए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विक्रम पाण्डे प्रमुख अतिथि थिए । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड, निर्वतमान अध्यक्ष प्रदीप थापा, युथ स्पोर्ट्सका सुरेन्द्र शाहीलगायत उपस्थित थिए ।

प्रकाशित : कार्तिक ५, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?