कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भान डाइक लामै समय बाहिर

एजेन्सी

लिभरपुल — एभरटनविरुद्ध मर्सिसाइड डर्बीमा चोटग्रस्त भएका सेन्ट्रल ब्याक भर्जिल भान डाइक घुँडाको शल्यक्रियाबाट गुज्रिनुपर्ने भएको छ ।

भान डाइक लामै समय बाहिर

यो लिभरपुलका लागि ठूलो धक्काका रूपमा अगाडि आएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियनले आइतबार डच खेलाडीलाई शल्यक्रिया आवश्यक भएको बताएको हो । गत दुई सिजन क्लबका लागि लगभग सबै खेल खेलेका भान डाइक अब यो सिजन लामै समय मैदानबाट बाहिर रहने डर स्थिति देखिएको छ ।

एभरटनका गोलरक्षक जोर्डन पिकफोर्डले आफ्नो ‘बक्स’ डरलाग्दो फाउल गरेपछि खेलको सुरुमै भान डाइक घाइते भएका थिए । उनलाई सब्स्टिच्युट गरिएको थियो । यो घटनालाई लिएर लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो रोष देखाइसकेका छन् । क्लबले भनेको छ, ‘आइतबार एभरटनविरुद्ध २–२ को बराबरीमा टुंगिएको खेलमा चोटग्रस्त भर्जिल भान डाइकलाई घुँडाको शल्यक्रिया आवश्यक परेको छ । उनको घुँडाको लिगामेन्टमा चोट लागेको छ ।’

यस प्रकारको चोट निको हुन लामो समय लाग्ने हुनाले यस सिजनको बाँकी पूरा समय उनी मैदानबाहिर रहन सक्ने छन् । यो लिभरपुललाई मात्र नभएर अर्को वर्षको युरोअगाडि नेदरल्यान्ड्सका लागि पनि उत्तिकै ठूलो धक्का लागेको छ । लिभरपुलका पूर्वमिडफिल्डर ग्रेम सउनेसले भनेका छन्, ‘यो सिजनको सुरुमा कसैले मलाई लिभरपुलका लागिग सबैभन्दा महत्त्वपूर्ण खेलाडी को हुन् भनेर सोधेको भए, म भान डाइकै नाम लिन्थें, उनी टोलीमा छुट्ने नहुने खेलाडी हुन् ।’ लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल ५ खेलपछि तेस्रो स्थानमा छ । यो शीर्षस्थानका रहेको एभरटनभन्दा ३ अंक कम हो । साउथह्याम्पटनबाट क्लब कीर्तिमान ७ करोड ५० लाख पाउन्डमा लिभरपुल आएका भान डाइकले पछिल्ला दुवै सिजन प्रत्येकमा ५० भन्दा बढी खेल खेलेका छन् । लिभरपुलले अबको १८ दिनमा ६ खेल खेल्नेछ र त्यसमा टिमले सेन्ट्रल डिफेन्समा खेलाडीको अभाव महसुस गर्नेछ । त्यस भूमिकामा जोए गोमेज र जोएल माटिप मात्र उपलब्ध छन् ।

लिभरपुलले बुधबार युरोपेली च्याम्पियन्स लिगमा अयाक्सको सामना गर्दै छ । लिभरपुलका पहिलो रोजाइका गोलरक्षक एलिसन बेकर पनि चोटकै कारण मैदानबाहिर रहेका छन् । यसैबीच लिपरपुलका अर्का पूर्व खेलाडी जिमी कारेघरले पनि खेलाडी स्थानान्तरणको अर्को समयसीमा खोल्न टिमले अर्को कोही सेन्ट्रल डिफेन्डर अनुबन्ध गर्न आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, ‘भान डाइकबिना लिभरपुललाई गाह्रो छ, त्यसै त लिग उपाधिको होड यसपल्ट अझ खुला भएको छ ।’

प्रकाशित : कार्तिक ४, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?