२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

उल्भ्सले हरायो लिड्सलाई

रोयटर्स

लन्डन — राउल जिमिनेजको प्रहारले ठूलो ‘डिफ्लेक्सन’ लिएपछि उल्भ्सले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सले लिड्स युनाइटेडलाई १–० ले हरायो । लिड्स मिडफिल्डर केल्भिन फिलिप्सको टाउकोमा लागेर बलले ७० औं मिनेटमा पोस्टको दिशा लिएको थियो ।

उल्भ्सले हरायो लिड्सलाई

लिड्सले घरमा भएका खेलमा बलमाथि बढी नियन्त्रण राखे पनि निर्णायक आक्रामण भने बुन्न सकेन । यो सिजन आफ्नो घरेलु मैदानमा लिड्सको यो पहिलो हार हो ।

लिगको अर्को खेलमा वेस्ट ब्रुम र बर्नलीले गोलरहित बराबरी खेले । यस नतिजासँगै दुवै टिम सिजनको पहिलो जितका लागि अझै संघर्षरत रहेका छन् ।

प्रकाशित : कार्तिक ४, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?