१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एस्टन भिल्ला दोस्रो स्थानमा

रोयटर्स

लेस्टर — रस बाकर्लीले इन्जुरी समयमा गरेको उत्कृष्ट गोलमा एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई १–० ले हराएको छ । यससँगै टोलीले लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो ।

एस्टन भिल्ला दोस्रो स्थानमा

यो जितपछि भिल्ला १२ अंकसाथ दोस्रो स्थानमा उक्लिएको छ । उसको भन्दा एक खेल बढी खेलेको एभरटन १३ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लिभरपुल पाँच खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

चेल्सीबाट ऋणमा भिल्लामा आएका बाकर्लीले किंग्स पावर स्टेडियममा २५ मिटरको दूरीबाट आकर्षक गोल गरेका हुन् ।

अर्को खेलमा टोटनहमले वेस्ट ह्यामसँग ३–३ को बराबरी खेल्यो । टोटनहमले तीन गोलको स्पष्ट अग्रता लिएयता वेस्ट ह्यामले नाटकीय रूपमा तीन गोल फर्काएको हो ।


प्रकाशित : कार्तिक ३, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?