१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

इंग्लिस प्रिमियर लिग : सेफिल्ड र फुलहमबीच बराबरी

एजेन्सी

सेफिल्ड — इंग्लिस प्रिमियर लिगको पुछारतिर रहेका दुई क्लब सेफिल्ड युनाइटेड र फुलहमबीचको खेल आइतबार १–१ को बराबरीमा टुंगेको छ । यो नतिजाले दुवैलाई फाइदा गर्ने छैन ।

इंग्लिस प्रिमियर लिग : सेफिल्ड र फुलहमबीच बराबरी

दुवैले लिगको सुरुआती आफ्नो ५ खेलमा जित निकाल्न सकेको छैन, तर दुवैले लगातार ४ खेलको हारमा पूर्ण विराम लगाएका छन् । दुवैको १/१ अंक भएको छ ।

फुलहमले एडेमोला लुकमनको गोलले अग्रता लिएको थियो । यसअघि उसका लागि एलेक्जान्डर मिट्रोभिच पेनाल्टीबाट गोल गर्न चुके । खेल सकिन ५ मिनेट अगाडि सेफिल्डका तर्फबाट बिली सार्पले पेनाल्टीबाटै बराबरी गोल गरे ।

प्रकाशित : कार्तिक २, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?