ला लिगा : रियल र बार्सिलोना दुवै हारे- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ला लिगा : रियल र बार्सिलोना दुवै हारे

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगामा रियल म्याड्रिड र बार्सिलोना दुवैले शनिबार स्तब्धपूर्ण हार बेहोरेका छन् । लिग च्याम्पियन रियल घरमा यसै सिजन मात्र बढुवा भएको काडिजसँग पराजित भएको हो । सात महिनायता रियलको यो पहिलो हार हो ।

खेलको १६ औं मिनेटमा एन्थोनी लोजानोले गरेको गोल निर्णायक सावित भयो । यो सिजन अविश्वसनीय खेल प्रदर्शन गरिरहेको कार्डिजको १० अंक छ । रियल पनि समान १० अंकमा गोल अन्तरले शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा गेटाफेले अर्को खेलमा बार्सिलोनालाई १–० ले हराएको हो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाको यो पहिलो हार हो । गेटाफेका लागि जेमी माटाले पेनाल्टीबाट एक मात्र गोल गरे ।

बार्सिलोनाले यसअघि सेभियासँग पनि गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनाको चार खेलबाट सात अंक मात्र भएको छ । अर्को साता रियल र बार्सिलोना ‘एल क्लासिको’ मा भिड्दै छन् र यो खेल बर्नाबाउमा हुँदैछ ।

प्रकाशित : कार्तिक २, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियाका कोरोना संक्रमितको मृत्यु

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको पुष्टि भएको बताए ।

उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९ सय ७ पुगेको छ । कोरोना संंक्रमणबाट ६ सय ७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५ सय ७१ जना उपचाररत छन् । आइसोलेसनमा २ सय ४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×