युभेन्टस बराबरीमा रोकियो

कान्तिपुर संवाददाता

टुरिन — इटालीको सिरी ए मा शनिबार युभेन्टसले क्रोटोनेसँग निराशाजनक १–१ को बराबरी खेलेको छ । लिगमा यस सिजन आफ्ना पछिल्ला सबै खेल गुमाएको क्रोटोनेले युभेन्ट्सविरुद्ध एक बहुमूल्य अंक हासिल गरेको हो ।

युभेन्टस बराबरीमा रोकियो

तीन साता अगाडि पनि युभेन्टसले एएस रोमासँग २–२ को बराबरी खेलेको थियो । पछिल्ला नौ लिग उपाधि लगातार जितेको युभेन्टस चार खेलबाट आठ अंकसहित चौथो स्थानमा छ ।

एसी मिलान चार खेलबाट १२ अंकमा शीर्ष स्थानमा छ । उसले शनिबारको मिलान डर्बीमा इन्टर मिलानलाई २–१ ले हराएको थियो ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?