इंग्लिस प्रिमियर लिग : दुवै म्यानचेस्टर विजयी

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई १-० ले हराएको छ । त्यसमा रहिम स्टर्लिङले एक मात्र गोल गरे । सिटीको चार खेलबाट सात अंक भएको छ ।

इंग्लिस प्रिमियर लिग : दुवै म्यानचेस्टर विजयी

यस्तै शनिबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ ले पराजित गर्‍यो । यसअघि टोटनहमसँग ६–१ ले पराजित भएयता युनाइटेड यो प्रभावशाली जित निकाल्न सफल भएको हो ।

यो जितपछि ओले गन सोल्सारको युनाइटेडको चार खेलबाट ६ अंक भएको छ र अझै १४ औं स्थानमा रहेको छ । यसअघि चेल्सीले साउथह्याम्पटनसँग ३–३ को बराबरी खेलेको थियो ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?