इन्डियन प्रिमियर लिग : बेंगलोरको छैटौं जित

(एजेन्सी)

दुबई — रोयल च्यालेन्जर्स बेंगलोरले शनिबार इन्डियन प्रिमियर लिगमा राजस्थानलाई ७ विकेटले हराएको छ । बेंगलोरको यो छैटौं जित हो र १२ अंकसहित तेस्रो स्थानमा रह्यो । जितले उसको प्ले अफ खेल्ने सम्भावना बढेको छ ।

इन्डियन प्रिमियर लिग : बेंगलोरको छैटौं जित

बेंगलोरका लागि एबी डि भिल्लियर्सले २२ बलमा ५५ रन बनाए र नटआउट रहे । उनले १ चौका र ६ छक्का प्रहार गरे । कप्तान विराट कोहलीले ३२ बलमा ४३ रन बनाए । खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने क्रमलाई कायम राख्यो ।

यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । यसमा कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यानको भूमिका आएका रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए । क्रिस मोरिसले २६ रनमा चार विकेट लिए ।


प्रकाशित : कार्तिक १, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?