इन्डियन प्रिमियर लिग : बेंगलोरको छैटौं जित
दुबई — रोयल च्यालेन्जर्स बेंगलोरले शनिबार इन्डियन प्रिमियर लिगमा राजस्थानलाई ७ विकेटले हराएको छ । बेंगलोरको यो छैटौं जित हो र १२ अंकसहित तेस्रो स्थानमा रह्यो । जितले उसको प्ले अफ खेल्ने सम्भावना बढेको छ ।
बेंगलोरका लागि एबी डि भिल्लियर्सले २२ बलमा ५५ रन बनाए र नटआउट रहे । उनले १ चौका र ६ छक्का प्रहार गरे । कप्तान विराट कोहलीले ३२ बलमा ४३ रन बनाए । खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने क्रमलाई कायम राख्यो ।
यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । यसमा कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यानको भूमिका आएका रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए । क्रिस मोरिसले २६ रनमा चार विकेट लिए ।
प्रतिक्रिया