२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

एभरटन र लिभरपुल बराबरीमा

एजेन्सी

लिभरपुल — इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको एभरटनले शनिबार डिफेन्डिङ च्याम्पियन लिभरपुललाई २–२ को बराबरीमा रोकेको छ ।

एभरटन र लिभरपुल बराबरीमा

यो नतिजासँगै एभरटन यो सिजन लिगमा अपराजित रह्यो र उसको पाँच खेलबाट १३ अंक भएको छ ।

तर एभरटनले मर्सिसाइड डर्बीमा १० वर्षयता लिभरपुललाई हराउन सकेको छैन । १० खेलाडीमा सीमित एभरटनविरुद्ध इन्ज्युरी समयमा जोर्डन हेन्डरसनले गोल गरे पनि ‘भार’ले त्यसलाई मान्यता दिएन् र टिम जितबाट वञ्चित रह्यो ।

लिभरपुलको पाँच खेलबाट १० अंक भएको छ । लिभरपुलले दुई पल्ट अग्रता लिए पनि दुवै अवसरमा एभरटन खेलमा फर्कन सफल रह्यो । लिभरपुलले साडियो मानेले तेस्रो मिनेटमा गरेको गोलको मदतले सुरुआती अग्रता लिए ।

तर माइकल केनले १९ औं मिनेटमा बराबरी गोल फर्काए । मोहम्मद सलाहको गोलमा लिरभपुलले ७२ औं मिनेटमा अग्रता लियो । खेल सकिन नौ मिनेट अगाडि डोमिनिक क्लेभर्ट लेविनले फेरि बराबरी गोल गरे ।

प्रकाशित : कार्तिक १, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?