२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोलकाताको नतिजा उस्तै

एजेन्सी

अबुधाबी — दिनेश कार्तिकले ब्याटिङमा केन्द्रित हुने बताउँदै कप्तानी पद छाडिदिए । उनको स्थानमा विश्वकप विजयी कप्तान इयोन मोर्गनले कोलकाता नाइट राइडर्सको नेतृत्वको मोर्चा सम्हाले । यसले न कार्तिकको ब्याटिङमा सुधार आयो न त मोर्गनले नै कोलकातालाई जिताउन सके ।

कोलकाताको नतिजा उस्तै

कोलकाता इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित हुन पुग्यो । टस जितेको कोलकाताले अबुधाबीस्थित शेख जायेद रंगशालामा १४८–५ को स्कोरमात्र बनाउन सक्यो । रोहित शर्मा र क्विन्टन डी ककले उत्कृष्ट सुरुआत दिलाएपछि मुम्बईले १६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । कप्तान रोहित शर्मा ३५ रनमा आउट भए । डी ककले ४४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाए ।

यस जितपछि मुम्बई पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ खेलको समाप्तिमा दिल्लीसँगै समान १२ अंक जोडेको मुम्बई राम्रो रनरेटका आधारमा शीर्षस्थानमा छ । कोलकाता ८ अंकसहित चौथो स्थानमा छ । सबै टोलीले समान १४ खेल खेलेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

कोलकातालाई शीर्ष चारभित्र रहन पुछारका चार टोलीबाट चुनौती आउने निश्चित छ ।

कार्तिक ४, एन्ड्रयु रसेल १२, राहुल त्रिपाठी ७, शुभमन गिल २१ र नितिश राना ५ रनमै आउट भएपछि कोलकाताको इज्जत अस्ट्रेलियन बलर प्याट कमिन्सको ब्याटले केही हद जोगायो । उनले ३६ बलमा ५ चौका र २ छक्कासहित अविजित ५३ रन बनाए । नयाँ कप्तान मोर्गनले २९ बलमा २ चौका र २ छक्कासहित ३९ रन बनाए ।

प्रकाशित : कार्तिक १, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?