१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एनरिकको बलको गति तीव्र

रोयटर्स

अबुधाबी — तीव्र गतिका बलर एनरिक नोर्ट्जेले इन्डियन प्रियिमर लिगमा बुधबार सबैभन्दा तीव्र गतिको बल फालेको कीर्तिमान बनाएका छन् । 

एनरिकको बलको गति तीव्र

उनको टिम दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि प्राप्त गरेको १३ रनको जितमा यो सम्भव भएको हो । दक्षिण अफ्रिकी २६ वर्षीय एनरिकले दुबईमा १ सय ५४.७४ र १ सय ५५.२१ किलोमिटर प्रतिघण्टामा बलिङ गरे ।

पछि उनले कीर्तिमानी १ सय ५५.२१ किलोमिटर प्रतिघण्टा नयाँ कीर्तिमान बनाए । यसक्रममा आफ्नै देशका डेल स्टेयनको नाममा रहेको कीर्तिमान उछिने । सन् २०१२ मा स्टेयनले १ सय ५४.४० किलोमिटर प्रतिघण्टाको कीर्तिमान बनाएका थिए । एनरिकको कीर्तिमान बलिङमा उनका प्रतिद्वन्द्वी इंग्लिस ब्याट्सम्यान जोस बटलरले भने चौका प्रहार गरेका थिए ।

त्यसको बदला लिँदै उनले तेस्रो ओभरमा अर्को तीव्र गतिको बल फाले र त्यसमा बटलर बोल्ड भए । आफ्नो चार ओभरमा उनले ३३ रन खर्चेर दुई विकेट लिए । उनले ८ खेलमा यो सिजन १० विकेट लिएका छन् । खेलपछिको अन्तर्वार्तामा उनले भने, ‘मलाई तीव्र गतिको बलिङको कीर्तिमान बनेकोबारे थाहा थिएन, तर आफ्नो पेस बढाउन मैले निकै मिहिनेत भने गरिरहेको थिएँ ।’

उनले गतिसँगै बल सही स्थानमा पर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । जितका लागि १ सय ६२ रनको लक्ष्य पछ्याइरहेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा राम्रो प्रदर्शनका लागि संघर्षरत राजस्थानका लागि यो निराशाजनक हार रह्यो । जितले भने दिल्ली अंकतालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो ।

प्रकाशित : आश्विन ३०, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?