१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आईपीएल : प्लेअफ पुग्‍ने पन्जाबको झिनो आशा

एजेन्सी

शारजहाँ — कप्तान केएल राहुल र क्रिस गेलको अर्धशतकमा किंग्स इलेभेन पन्जाबले बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने झिनो आशा कायमै राखेको छ ।

आईपीएल : प्लेअफ पुग्‍ने पन्जाबको झिनो आशा

राहुलले अविजित ६१ र गेलले ५३ रन बनाएपछि पन्जाबले १ सय ७२ रनको लक्ष्य अन्तिम बलमा १ सय ७७ रन बनाउँदै पूरा गरेको हो । पन्जाबलाई अन्तिम ओभरमा विजयका लागि २ रन चाहिन्थ्यो । पहिलो दुई बलमा कुनै रन बनाउन नसकेका गेलले तेस्रो बलमा १ रन बनाए । स्ट्राइकमा रहेका राहुलको कलमा पाँचौं बलमा उनी रनआउट भए । आइपिएलमा यस सिजन गेलको यो पहिलो खेल हो ।

अन्तिम बलमा १ रन बनाउनुपर्ने अवस्थामा क्रिजमा आएका निकोलस पूरनले युजभेन्द्र चहालको बलमा छक्का प्रहार गरेर टोलीलाई जिताए । गेलले ४५ बल खेली १ चौका र ५ छक्का प्रहार गरे ।

प्रतियोगितामा सर्वाधिक रनकर्ता राहुलले ४९ बल खेल्दै १ चौका र ५ छक्का प्रहार गरे । यसअघि बेंग्लोरले १७१–६ को स्कोर बनाउँदा कप्तान विराट कोहलीले ३९ बलमा ४८ र क्रिस मोरिसले ८ बलमा अविजित २५ रन बनाएका थिए । ८ खेलमा पुछारको पन्जाबको यो केवल दोस्रो जित हो ।

प्रकाशित : आश्विन ३०, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?