कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : दिल्लीको जादु कायमै, राजस्थान ४६ रनले पराजित

एजेन्सी

शारजहाँ — दिल्ली क्यापिटल्सले आफ्नो विजय यात्रा कायमै राख्नेक्रममा शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । आफूले खेलेका ६ मध्ये पाँचौं खेलमा विजय हात पार्दै दिल्ली अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

आईपीएल : दिल्लीको जादु कायमै, राजस्थान ४६ रनले पराजित

टस हारेपछि ब्याटिङमा आएको दिल्लीले शारजहाँ क्रिकेट रंगशालाको पिच र मैदानअनुसार १८४–८ को औसत स्कोरमात्र बनाउन सकेको थियो । राजस्थानलाई १९.४ ओभरमा १ सय ३८ रनमा अलआउट गरेर दिल्लीले अर्को जित हात पारेको हो । कागिसो राबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २–२ तथा एनरिच नोर्टजे, हर्सल पटेल र अक्षर पटेलले १–१ विकेट लिए ।

राजस्थानका राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४, कप्तान स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । यसअघि दिल्लीबाट सिमरन हेटमायरले २४ बलमा १ चौका र ५ छक्कासहित ४५, स्टोइनिसले ३० बलमा ४ छक्कासहित ३९, कप्तान श्रेयस ऐरले २२, पृथ्वी शले २०, अक्षरले १७ र हर्सलले १६ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रयु टेइ र टेवाटियाले १–१ विकेट लिएका थिए ।

प्रकाशित : आश्विन २४, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?