चेन्‍नईविरुद्ध कोलकाताको रोमाञ्चक जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेन्‍नईविरुद्ध कोलकाताको रोमाञ्चक जित

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले यस पटक राम्रो लय समात्न सकेको छैन । ६ मध्येको ४ खेल हारेर २ मात्र जित्न सकेको चेन्नई पाँचौं स्थानमा छ ।
एजेन्सी

अबुधाबी — कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा बुधबार चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित कोलकाता यस विजयसँगैं तेस्रो स्थानमा उक्लिएको छ ।

कोलकाताले ५ मध्येको तीन खेल जितेको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले यस पटक राम्रो लय समात्न सकेको छैन । ६ मध्येको ४ खेल हारेर २ मात्र जित्न सकेको चेन्नई पाँचौं स्थानमा छ । आठ मध्येको शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ ।

अबुधावीस्थित शेख जायेद रंगशालामा टस जितेको कोलकाता पुरा २० ओभर खेली १ सय ६७ रनमा अलआउट भयो । चेन्नईले ५ विकेट गुमाई १ सय ५७ रनमात्र बनाउन सक्यो । रवीन्द्र जडेजाले ८ बलमा अविजित २१ रन बनाए पनि चेन्नईलाई जिताउन सकेनन् । उनले खेलको अन्तिम ३ बलमा दुई चौका र १ छक्का प्रहार गरेका थिए । तर उनका अविजित जोडी केदार जादवले १२ बलमा ७ रनमात्र बनाउन सके ।

ओपनर शेन वाटसनले ४० बलमा ५० रन बनाए । लगातार दोस्रो खेलमा अर्धशतक बनाउनेक्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे । फाफ डु प्लेसिसले १७ र अम्बती रायडुले २७ बलमा ३० रन बनाए । धोनी १२ बलमा ११ रन बनाई बरुण चक्रवर्तीको बलमा बोल्ड भए । यसअघि कोलकाताबाट ओपनर राहुल त्रिपाठीले ८१ रन बनाएका थिए । ५१ बल खेलेका म्यान अफ द म्याच उनले ८ चौका र ३ छक्का प्रहार गरे । सुबमन गिल ११, सुनिल नारिन १७ र कप्तान दिनेश कार्तिक १२ रनमा आउट भए ।

चेन्नईबाट ड्वायने ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३, साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए । बिहीबार पुछारमा रहेको किंग्स इलेभेनले छैटौं स्थानको सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

प्रकाशित : आश्विन २२, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षीया महिलाको बुधबार बेलुका ६ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

यो सँगै बाँकेमा आएर उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

ती महिलालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुमरमा असोज १५ गते कोरोना पोजिटिभ देखिएपछि कोभिड–१९ युनिटमा उपचारमा राखिएको थियो । लामो समयदेखि मधुमेहबाट पीडित महिलाको स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार नभएको र दुवै फोक्सोको निमोनिया भइ मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७७ २२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×