३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

भुवनेश्‍वर चोटका कारण बाहिरिए

एजेन्सी

नयाँदिल्ली — चोटग्रस्त तीव्र गति बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनका बाँकी खेल गुमाउने भएका छन् । सनराइजर्स हैदराबादले मंगलबार यसको पुष्टि गरेको छ । शुक्रबार चेन्नई सुपर किंग्सविरुद्ध दुबईमा भएको खेलमा उनलाई तिघ्रामा चोट लागेको थियो ।

भुवनेश्‍वर चोटका कारण बाहिरिए

चोटकै कारण उनले आफ्नो चौथो ओभर समेत पूरा गर्न सकेका थिएनन् । हैदराबादले आफ्नो ट्वीटरमा लेखेको छ, ‘भुवनेश्वर कुमारले आईपीएल २०२० का बाँकी खेल गुमाउने छन् । उनी चोटबाट चाँडै निको होस् भनेर कामना पनि गर्छौं ।’ अब बायाँ हाते तीव्र गति बलर पृथ्वी राजले उनको स्थान लिने छन् ।

डेविड वार्नरको नेतृत्वमा रहेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ । आठ टिम सम्मिलित प्रतियोगितामा टिमको प्रदर्शन कमजोर छ र उसले पाँच खेलबाट दुई जित मात्र निकालेको छ ।

सन् २०१६ को च्याम्पियन टिम हैदराबादले यसअघि नै अलराउन्डर मिचेल मार्सलाई पनि चोटकै कारण गुमाइसकेको छ । उनको स्थानमा भने अब वेस्ट इन्डिज कप्तान जेसन होल्डरले स्थान लिनेछन् ।

प्रकाशित : आश्विन २१, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?