कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आईपीएल : बेंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी

दुबई — दिल्ली क्यापिटल्स चौथो जितका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । दिल्लीले सोमबार स्टार ब्याट्सम्यानहरूले भरिएको रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनले पराजित गर्‍यो ।

आईपीएल : बेंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिसको अविजित ५३ रनमा दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ४ विकेट गुमाई १ सय ९६ रन बनाएको थियो । शिखर धवनले ३२, पृथ्वी शले ४२, कप्तान श्रेयस ऐरले ११ र ऋषभ पन्तले ३७ रन बनाए । कागिसो राबाडाले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएपछि बेंग्लोरले ९ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो । राबाडाले बेंग्लोरका कप्तान विराट कोहलीसहित वासिङ्टन सुन्दर (१७), शिवम दुबे (११) र इसुरु उडाना (१) लाई आउट गरेका थिए ।

अर्का दक्षिण अफ्रिकी बलर एन्रिच नोर्टजेले ४ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए, त्यसमा एबी डी भिलियर्स (९) को विकेट पनि थियो । म्यान अफ द म्याच स्पिनर अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर दुई तथा रविचन्द्रन अश्विनले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । बेंग्लोरबाट कोहलीले सर्वाधिक ४३ रन बनाए । सोक्रममा उनले ३९ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

दिल्लीले ५ मध्येको चौथो खेल जित्दै पुनः शीर्ष स्थानमा आएको हो । दिल्लीलाई जितेको भए बेंग्लोर पनि चौथो खेल जित्दै शीर्ष स्थानमा उक्लने थियो । तर सशक्त प्रदर्शन गर्दै आएको दिल्ली अगाडि हार बेहोरेपछि बेंग्लोर तेस्रो स्थानमा यथावत् छ । ५ मध्येको ३ खेल जितेको मुम्बई इन्डियन्स पहिलोबाट दोस्रो स्थानमा झरेको छ । मुम्बईले मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ । दिल्लीले दुबईमा जितेको सबै तीन खेल पहिला ब्याटिङ गर्दै जितेको हो ।

प्रकाशित : आश्विन २०, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?