कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आईपीएल : पन्जाबलाई चेन्‍नईले १० विकेटले हरायो

अस्ट्रेलियाली ब्याट्सम्यान शेन वाटसन र दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्ले सिसले समान ५३ बल खेले, समान ११ चौका प्रहार गरे ।
एजेन्सी

दुबई — टिमले आफूमाथि कायम राखेको विश्वास सही साबित गर्दै शेन वाटसनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो २८ औं अर्धशतक पूरा गरेपछि चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबलाई १० विकेटले हराएको छ ।

आईपीएल : पन्जाबलाई चेन्‍नईले १० विकेटले हरायो

जितनिम्ति १ सय ७९ रन पछ्याएको चेन्नईले १७.४ ओभरमा १ सय ८१ रन बनायो ।

यसअघिका चार इनिङ्समा खराब खेलेको अस्ट्रेलियाली ब्याट्सम्यान वाटसनले दबाबमा प्रभावशाली प्रदर्शन गरे । दुवैले समान बल सामना गरे । स्कोर बोर्डमा भने उनले भन्दा फाफ डु प्लेसिसले बढी रन बनाए । वाटसनले ५३ बलमा ८३ रन बनाए । उनले ११ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटमा दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डुसँग मिलेर ठोस नटआउट साझेदारी गरे र टिम कुनै पनि समय दबाबमा आएन ।

डु प्लेसिसले ८७ रन बनाए । उनको ब्याटबाट ११ चौका र एक छक्का निस्केको थियो । यो दोस्रो जितपछि चेन्नईले अन्तिम स्थान छाडेको छ । यसले कप्तान महेन्द्रसिंह धोनीमाथि सिर्जना गरेको चर्को दबाबमा राहत मिल्नेछ । यसअघि पन्जाबले टस जितेर पहिले ब्याटिङ निर्णय गरेको थियो र यसक्रममा २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

टोलीका लागि कप्तान केएल राहुलले सर्वाधिक ६३ रन बनाए । उनको ५२ बलको इनिङ्समा सात चौका र एक छक्का सामेल थियो । पन्जाबका लागि अन्त्यतिर वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पूरनले आक्रामक ३३ रन बनाए । उनले १७ बलमात्र सामना गरे । हारले पन्जाब आठ टिमसम्मिलित प्रतियोगिताको अन्तिम स्थानमा रह्यो ।

मुम्बई–हैदराबाद

यसअघि आइतबारको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले सनराइज हैदराबादलाई ३४ रनले हराएको थियो । ब्याट्सम्यानलाई सहयोग गरिरहेको पिच र छोटो बाउन्ड्रीको शारजहाँ मैदानमा पनि हैदराबाद २ सय ९ रनको लक्ष्य पछ्याउन असफल भयो ।

शारजहाँको मैदानका सुरुआती ७ इनिङ्समा २ सय रनमाथिको स्कोर खडा भए पनि आठौं अवसरमा भने हैदराबाद फिक्का साबित भयो । हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रनमात्र बनाउन सक्यो ।

मुम्बईका सबै बलरले उत्कृष्ट बलिङ गरे र त्यसअगाडि हैदराबाद कमजोर साबित भयो । मुम्बईका लागि कप्तान डेविड वार्नरले मात्र केही गतिलो खेल खेले । उनले ६० रन बनाए । यसका लागि ४४ बलको उपयोग गरेर ५ चौका र २ छक्का प्रहार गरे । जोनी बेरिस्टोले २५ र मनीष पाण्डेले ३० रन बनाए । हैदराबादले इनिङ्सको अन्त्यतिर लगातार विकेट गुमायो । कहिल्यै पनि विजय लक्ष्यको नजिक रहन सकेन ।

यसअघि मुम्बईले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ६७ रन बनाए । उनले ३९ बलको सामना गरेर ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै इशान किसनले ३१ तथा हार्दिक पान्ड्येले २८ रन बनाएर टिमलाई दुई सय रन कटाए । हैदराबादका बलरमध्ये सन्दीप शर्मा र सिद्धार्थ कौलले समान दुई विकेट लिएका थिए । मुम्बईले ५ खेलमा तेस्रो जित निकालेको हो भने हैदराबादको ५ खेलमा तेस्रो हार हो ।

प्रकाशित : आश्विन १९, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?