बायर्नले जित्यो जर्मन सुपरकप

एजेन्सी

म्युनिक — बायर्न म्युनिकले दुई गोलको अग्रता गुमाएर संघर्ष गर्दै बुधबार बोरुसिया डर्टमन्डलाई ३–२ ले हरायो र जर्मन सुपरकप जित्यो । बायर्नका लागि जोसुआ किमिचले ८२ औं मिनेटमा निर्णायक गोल गरे ।

बायर्नले जित्यो जर्मन सुपरकप

खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नका लागि पहिलो गोल गरेका थिए । त्यसपछि ३२‍औं मिनेटमा बायर्नका लागि थोमस मुलरले दोस्रो गोल गरे । डर्टमन्डका लागि ३९औं मिनेटमा जुलियन ब्रान्ड्टले पहिलो गोल गरे भने ५५औं मिनेटमा इर्लिङ ब्रट हल्यान्डले बराबरी गोल गरेका थिए ।

बायर्नले यो वर्ष जितेको यो पाँचौं उपाधि हो । बायर्नले यसअघिको खेलमा आइतबार मात्रै होफनहायनविरुद्ध ४–१ को हार बेहोरेको थियो । यससँगै उसको लगातार ३२ खेलको अपराजित यात्रा टुंगेको थियो ।

बायर्नले यो वर्ष जर्मन लिग र कप, युरापेली च्याम्पियन्स लिग तथा युरोपेली सुपरकप पनि जितिसकेको छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?