कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेरेनाले छाडिन् फ्रेन्च ओपन

रोयटर्स

पेरिस — कीर्तिमानी ग्रान्ड स्लाम उपाधिको अभियानमा रहेकी सेरेना विलियम्सले अब त्यसका लागि अर्को वर्ष कुर्नुपर्ने भएको छ । उनले ‘अचिल्लेस टेन्डन’ चोटका कारण बुधबार फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

सेरेनाले छाडिन् फ्रेन्च ओपन

यसै साता ३९ वर्षकी हुने यी अमेरिकी खेलाडी दोस्रो चरणमा बुल्गेरियाकी स्भेटाना पिरोन्कोभाको सामना गर्ने क्रममा थिइन् । तर ‘वार्म अप’ का क्रममा चोट बल्झेपछि उनले नखेल्ने घोषणा गरेकी हुन् ।

सेरेनाले भनिन्, ‘वार्म अपका क्रममा समस्या चर्को देखियो, मैले आफ्ना प्रशिक्षकसँग पनि कुराकानी गरें । मलाई अहिले हिँड्न पनि गाह्रो भइरहेको छ । त्यसैले अब मेरो पूरा ध्यान यस चोटबाट मुक्त हुनेतर्फ हुनुपर्नेछ ।’

यूएस ओपन सेमिफाइलनमा उनलाई ‘अचिल्लेस टेन्डन’ चोट लागेको हो । तीनपल्टकी फ्रेन्च ओपन विजेता सेरेनाले यो वर्ष बाँकी प्रतियोगितामा नखेल्ने घोषणा पनि गरेकी छिन् ।

प्रकाशित : आश्विन १५, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?