३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

घरेलु मैदानमा रियलको पहिलो जित

एजेन्सी

म्याड्रिड — सब्स्टिच्युट भिनियस जुनियरले गरेको एक मात्र गोलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बुधबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई १–० ले हरायो र आफ्नो अपराजित यात्रा कायम राख्यो ।

घरेलु मैदानमा रियलको पहिलो जित

रियलको नयाँ सिजन घरेलु मैदानमा यो पहिलो खेल र त्यसमा प्राप्त जित रह्यो । उसको अब तीन खेलबाट सात अंक भएको छ । जिनेदिन जिदानको रियलले घर बाहिर दुई खेल खेलेपछि पहिलो पल्ट बर्नाबाउमा खेल्न पाएको हो ।

भालाडोलिड गोलरक्षक रोबर्टोले केही उत्कृष्ट बचाउ गरेपछि रियलले गोलका लागि संघर्ष गर्नु परेको हो । लिगको बुधबारका अन्य खेलमा एटलेटिको म्याड्रिडले हेस्कासँग निराशाजनक गोलरहित बराबरी खेल्यो ।

प्रकाशित : आश्विन १५, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?