कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मनास्लुको ब्रान्ड एम्बासडर सागर

कान्तिपुर संवाददाता

काठमाडौँ — मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । त्यसका लागि मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा फुटबलर सागरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्षको रहने छ ।

मनास्लुको ब्रान्ड एम्बासडर सागर

अध्यक्ष लामाले मनास्लुले शिक्षासँगै खेलकुदमा महत्व दिन पूर्वकप्तान सागरलाई ब्रान्ड एम्बासडर बनाएको धारणा व्यक्त गरे । पूर्व कप्तानले टिमसाग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिँदै फुटबल विकासमा के गर्न सकिन्छ सक्दो सहयोग गर्न तयार रहेको बताए ।

खेल मिलेमतो काण्डका कारण परेर प्रतिबन्धमा रहेका कप्तान सागरलगायतका खेलाडीले गत महिना अदालतबाट सफाइ पाएका थिए । यद्यपि फिफा र एएफसीले उनीहरूमाथि लगाएको प्रतिबन्ध भने कायमै छ ।

यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यू–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो । मनास्लुले फुटबलका साथै बास्केटबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : आश्विन १४, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?