२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

टोटनहमले टाइब्रेकरमा चेल्सीलाई हरायो

एजेन्सी

लन्डन — टोटनहमले लिगकपमा मंगलबार चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ ।

टोटनहमले टाइब्रेकरमा चेल्सीलाई हरायो

चौथो चरणको खेलका निर्धारित समय १–१ को बराबरीमा रहेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीका लागि मेसन माउन्टको प्रहार गोल हुन सकेन ।

चेल्सीका लागि उनले गरेको पाँचौं प्रहार पोस्टमा लागेको थियो । यसलाई छाडेर यसअघिका सबै प्रहार गोल भए । यसअघि चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरको गोलले १९ औं मिनेटमा अग्रता लिएको थियो ।

टोटनहमका तर्फबाट एरिक लमेलाले ८४ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहम व्यवस्थापक जोसे मोउरिन्हो आफ्नो पूर्व क्लब चेल्सीविरुद्ध दोस्रो रोजाईका खेलाडीको बाहुल्य रहेको टिम उतारेको थियो ।

प्रकाशित : आश्विन १४, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?