कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

लिभरपुलले आर्सनललाई ३–१ ले हरायो

एजेन्सी

लिभरपुल — लिभरपुलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर सोमबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ३–१ ले हरायो । लिग उपाधि रक्षा गर्ने अभियानमा रहेको लिभरपुलले यससँगै सुरुआती तीन खेलमै सफलता हात पारेको छ ।

लिभरपुलले आर्सनललाई ३–१ ले हरायो

सुरुआती दुई खेल जितेको आर्सनलले पनि एनफिल्डमा भएको खेलमा एलेक्जान्डर लेकाजेटको गोलमा अग्रता लिएको थियो । तर खेलमा फर्कने क्रममा लिभरपुलका लागि साडियो माने, एन्ड्रयु रोबटर्सन र डिएगो जोटोले गोल गरे ।

खेल सकिन १० मिनेट अगाडि व्यवस्थापक योर्गन क्लोपले पोर्चुगाली खेलाडी जोटालाई घरमा डेब्यु गराए । उनले ८८ औं मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरे । यो खेलपछि लिभरपुलको तीन खेलबाट ९ अंक भएको छ ।

लिभरपुलका मुख्य प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र आर्सनलले सबैले सुरुआती तीन सातामा हार बेहोरिसकेका छन् । लिभरपुलसँगै लेस्टर र एभरटनले सबै तीन खेल जितेका छन् ।

प्रकाशित : आश्विन १३, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?