कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

इन्टरको उत्कृष्ट पुनरागमन

रोयटर्स

मिलान — इन्टर मिलानले नयाँ सिजनको पहिलो सिरी ‘ए’ जितका लागि शनिबार फियोरेन्टिनालाई ४–३ ले हराएको छ । खेलमा उत्कृष्ट पुनरागमन गरेको इन्टरले अन्तिम तीन मिनेटमा दुई गोल गरेको थियो ।

इन्टरको उत्कृष्ट पुनरागमन

घरमा भएको खेलमा इन्टर ३–२ ले पछाडि रहेको स्थितिमा रोमेलु लुकाकु र ड्यानिलो डि’एबोसिओले गोल गरे । सन् २०१० लिगमा तीन पल्ट पछाडि परेको टिमले जित निकालेको यो पहिलो पल्ट हो ।

एन्टोनियो कोन्टेको इन्टर मिलान लिग उपाधिको होडमा युभेन्ट्सको प्रमुख प्रतिद्वन्द्वी रहेको छ । युभेन्ट्स यसपल्ट लगातार दसौं पटक लिग उपाधि जित्ने अभियानमा छ र यसमा इन्टर प्रमुख बाधा हुन सक्छ ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?