कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

डिन जोन्सको त्यो मद्रास इनिङ्स

डिन जोन्ससँग जोडिएका धेरै कथा छन् । उनी कति धेरै आक्रामक खेलाडी थिए भने विपक्षी खेलाडीलाई कुटौंलाझैं गरेर पेस हुन्थे । उनी खासमा यस्तै प्रवृत्तिका मान्छे थिए । खेल्दा नि आक्रामक, व्यवहार पनि आक्रामक ।
द डेलिमेल

लन्डन — सन् १९८६ को त्यो प्रसिद्ध मद्रास टेस्टको बेला गर्मी ४२ डिग्रीको थियो । त्यही टेस्टमा डिन जोन्सले यो खेलकै सबैभन्दा बहादुरीपूर्ण इनिङ्स खेलेका थिए । जोन्सको बिहीबार अप्रत्याशित निधन भयो, उनी ५९ वर्षका मात्र थिए । अहिले सबैले त्यही टेस्टको इतिहासमा फर्केर सम्झने प्रयास गरेका छन् । यो टेस्ट क्रिकेट इतिहासमै दोस्रो टाइ मात्र थियो । जोन्सका लागि भने त्यो तेस्रो टेस्टमात्रै थियो । उनले त्यसमा २ सय १० रनको अद्वितीय प्रदर्शन दिए ।

डिन जोन्सको त्यो मद्रास इनिङ्स

उनी क्रिकेटमा ८ घण्टा २३ मिनेट क्रिजमा रहे, ब्याटिङकै क्रममा अविश्वसनीय रूपमा आठ किलो गुमाए । खेल्दै गर्दा उनले एक दर्जनभन्दा बढी पटक त बान्ता नै गरे । खेलपछि उनलाई सिधै अस्पताल लगिएको थियो । पछि जोन्सले भनेका थिए, ‘मलाईले १ सय २० रन बनाइसकेपछि के भएको थियो, त्यो याद नै छैन ।’ उनी एक प्रकारले बेहोसीकै स्थितिमा थिए, तर दोहोरो शतक भने पूरा गरे । प्रस्ट छ, उनले कस्तो विषम परिस्थितिमा खेले भनेर । अहिले भएको भए, यस्तो स्थितिमा कसैलाई खेल्न नै दिने अवस्था हुँदैनथ्यो ।

त्यतिबेला स्थिति बेग्लै थियो । अस्ट्रेलियाली साथीहरू जोन्सलाई अझ बहादुरीपूर्वक खेल्न उक्साइरहेका थिए । कप्तान थिए, एलान बोडर । उनले खाली यति भनेका थिए, ‘डिन्सले सकेनन् भने अर्का ब्याट्सम्यानलाई पठाउँला ।’ त्यतिबेला जोन्सका रुम पार्टनर थिए, स्टिभ वा । उनी ती दिन सम्झेर भन्छन्, ‘जोन्स गम्भीर समस्यामा देखिन्थे, उनको अनुहारमा कुनै प्रकारको भाव थिएन । उनको शरीरले राम्रोसँग काम गरिरहेको थिएन, तर उनले ब्याटिङ गर्न भने छाडेनन् ।’


जोन्सलाई सबैले सधैंका लागि सम्झने कारण यही टेस्ट हो । उनले एक दशकजतिको समय अस्ट्रेलियाका लागि खेले र उनी टेस्ट क्रिकेटका गज्जबका खेलाडी थिए । नत्र उनको औसत ४६ रन हुने थिएन । तर उनी एकदिवसीय क्रिकेटका अझ जबरदस्त खेलाडी थिए । अझ उनी यो ढाँचाको क्रिकेटका प्रखर खेलाडी नै हुन् । उनले नै एकदिवसीय क्रिकेटलाई लोकप्रिय बनाउन धेरै मदत गरेभन्दा हुन्छ । एकदिवसीय क्रिकेटमा दोस्रोपल्ट ब्याटिङ गर्दा उनको औसत ६५ रहेको छ ।

अर्थात उनी विजय लक्ष्य पछ्याउने क्रमका अब्बल दर्जाका बेजोड खेलाडी थिए । धेरै समय उनी एकदिवसीय क्रिकेटमा नटआउट रहे । उनको त्यो समयको एकदिवसीय क्रिकेटको प्रदर्शन सम्झेर धेरै भन्ने गरेका छन्, अहिलेको ट्वान्टी–२० क्रिकेटका लागि उनी निकै उपयुक्त खेलाडी थिए । अझ उनको खेल नै ट्वान्टी–२० पाराको थियो । उनको पुस्ताका कोही खेलाडीले अहिले ट्वान्टी–२० क्रिकेट उत्तिकै जोसले खेल्न सक्थे भने ती जोन्समात्रै हुन्थे ।


उनीसँग जोडिएका यस्ता धेरै कथा छन् । उनी कति धेरै आक्रामक खेलाडी थिए भने विपक्षी खेलाडीलाई कुटौंलाझै गरेर पेस हुन्थे, जुन कुनै पनि प्रकारले राम्रो थिएन । उनी खासमा यस्तै प्रवृत्तिका मान्छे थिए । खेल्दा नि आक्रामक, व्यवहार पनि आक्रामक । हुँदाहुँदै उनको कमेन्ट्री गर्ने पारा पनि त्यस्तै थियो, चर्को आवाज, अचम्मको फरक शैली । उनलाई जति मन पराउने थिए, उत्तिकै मन नपराउने थिए । तर ती सबैले एक तथ्य भने पक्कै मान्ने छन्, ‘जोन्स सायद अलि चाँडै सबैबाट बिदाइ भए ।’

जोन्स बिहीबार हृदयघातका कारण मृत्यु भएको हो । उनले अस्ट्रेलियाका लागि ५२ टेस्ट र १ सय ६४ एकदिवसीय खेलेका छन् । उनी सन् १९८४ देखि १९९४ सम्म खेलाडीका रूपमा १० वर्ष सक्रिय थिए । उनले टेस्ट क्रिकेटमा ४६.५५ को औसतले ३ हजार ६ सय ३१ रन बनाए । त्यसमा ११ शतक र १४ अर्धशतक सामेल थियो । यस्तै उनले सात शतक र ४६ अर्धशतकसहित ६ हजारभन्दा माथि एकदिवसीय रन बनाए ।

सन् १९९८ मा सबैखाले क्रिकेटबाट संन्यास लिएका उनी त्यसपछि प्रशिक्षक र कमेन्टेरको भूमिकामा देखापरे ।

प्रकाशित : आश्विन १०, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?