२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिटी र लिभरपुल लिगकपको चौथो चरणमा

एजेन्सी

लन्डन — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई बिहीबार २–१ ले हराएर लिगकपको चौथो चरणमा प्रवेश गरेको छ । खेल सकिन १५ मिनेट अगाडि फिल फोडेनले निर्णायक गोल गरे ।

सिटी र लिभरपुल लिगकपको चौथो चरणमा

प्रतियोगिताको पछिल्ला तीन संस्करणका विजेता सिटीले आफ्नो दोस्रो रोजाईका खेलाडी बाहुल्य रहेको टिम उतारेको थियो । कम समयमा धेरै खेल्नु पर्ने हुनाले अधिकांश ठूला टिमले यस प्रतियोगितामा युवा खेलाडी सम्मिलित टिम उतार्ने गरेका छन् ।

सिटीले बर्नमाउथविरुद्ध भने लियान डेलापको गोलले अग्रता लिएको थियो । बर्नमाउथका तर्फबाट साम स्टुरेजले गोल गरे । अब सिटीले बर्नलीविरुद्ध अन्तिम १६ को खेलमा खेल्नेछ ।

लिभरपुलले भने लिन्कनलाई ७–२ ले हरायो ।लिभरपुलको जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले दुई-दुई गोल गरे ।

प्रकाशित : आश्विन ९, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?