कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डी मारियालाई चार खेलमा प्रतिबन्ध

एजेन्सी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एन्जेल डी मारियालाई बिहीबार चार खेलको प्रतिबन्ध लगाइएको छ । सेप्टेम्बर १३ मा पीएसजी र मार्सेबीचको तनावपूर्ण खेलमा उनलाई दोषी पाइएको हो ।

डी मारियालाई चार खेलमा प्रतिबन्ध

उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेका थिए । त्यस खेलमा नेयमरसँगै दुवै टिमका गरेर ५ खेलाडीलाई रातो कार्ड देखाइएको थियो । सिजन सुरु हुँदा कोरोना भाइरस संक्रमणको सिकार भएका ३२ वर्षीय अर्जेन्टिनी खेलाडी त्यस खेलअगाडि मात्र स्वस्थ्य भएका थिए ।

खेलका बेला भिडियो रेफ्रीले उनलाई कारबाही गरेको थिएन । पीएसजी १–० ले पराजित खेलमा उनले पूरा ९० मिनेट खेलेका थिए । खेलको थप छानबिनका क्रममा डी मारियालाई दोषी पाइएको हो ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?