२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ब्रान्सलीमाथि चेल्सीको आधा दर्जन गोल

एजेन्सी

लन्डन — काई हाभर्टडको ह्याट्रिकमा चेल्सीले बुधबार ब्रान्सलीलाई ६–० ले हराउँदै लिग कपमा चौथो चरणको यात्रा तय गरेको छ । यस्तै आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएर अर्को चरण पुग्न सफल रह्यो ।

ब्रान्सलीमाथि चेल्सीको आधा दर्जन गोल

बायर लेवरकुसनबाट १२ करोड ३० लाख डलरमा चेल्सी आएयता हाभर्टड प्रिमियर लिगका सुरुआती दुई खेलमा अपेक्षाअनुसार खेल्न असफल रहेका थिए । तर ब्रान्सलीविरुद्धको ह्याट्रिकपछि २१ वर्षीय जर्मन खेलाडीको आत्मविश्वास बढ्नेछ ।

यस्तै नयाँ सिजनमा एभरटनले उत्कृष्ट लय कायम राख्दै लिग वान टिम फ्लिटउडलाई ५–२ ले हरायो । लिगका सुरुआती दुई खेलसँगै कार्लो एन्सेलोटीको टिमको यो लगातार तेस्रो जित हो ।

प्रकाशित : आश्विन ८, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?